काठमाडौं मोडल कलेजका बीए दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले मानव बेचबिखनविरुद्धको कार्यक्रम सम्पन्न गरेका छन् ।
कार्यक्रमको प्रमुख माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मानव बेचविखनको अवस्थालाई मेटाउन यस्ता सचेतनामुलक कार्यक्रम अपरिहार्य रहेको बताइन् । उनले हाल राष्ट्रिय, अन्तरदेशीय तथा अन्तराष्ट्रिय रुपमा बढ्दै गरेको मानव बेचबिखन विरुद्धमा सबै मिली हातेमालो गर्नु पर्ने कुरामा जोड दिइन् । यसैगरी उक्त कार्यक्रममा विद्यार्थीहरुले कोइरालासँग अन्तरक्रिया समेत गरेका थिए ।