KMC – Kathmandu Model College

KMC in the News

News & More

Discover recent highlights, media mentions, and KMC achievements.

सम्मेलन उद्घाटन तथा समापन दुवै सत्रको अध्यक्षता भिड्याकका अध्यक्ष तथा आईजेसीसी–२०२६ का अध्यक्ष प्रा. योङ–सेन जाङले गरेका थिए । उद्घाटन सत्र त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा. डा. दीपक अर्यालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

केएमसी आन्ट्रप्रेनरसिप क्लबको आयोजना र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा काठमाडौं मोडल कलेज (केएमसी) मा भएको ‘केएमसी हाटबजार २०८२’ सम्पन्न भएको छ ।

हाटबजारले विद्यार्थीको सिर्जनशीलता, व्यापार र सहकार्यलाई एउटै छानामुनि ल्याएको छ । यस कार्यक्रमले केएमसीमात्र होइन, केएमसी एजुकेसनल नेटवर्क अन्तर्गत केएमसी ललितपुर, न्यु समिट कलेज र एमआईटी कलेजका विद्यार्थीहरूलाई समेत आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापन सम्बन्धी सिप प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गरेको छ ।

काठमाडौं मोडल कलेज (केएमसी)ले व्यवहारिक अनुसन्धान- अप्लाइड रिसर्च प्रस्तावना लेखन कार्याशाला सम्पन्न गरेको छ ।

कार्यशालालाई सहप्राध्यापक डा. रेवन कुमार दाहालले सहजीकरण गरेका थिए । उनले प्रपोजल लेखनमा विभिन्न चरणरुका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा केएमसी कलेजका प्रिन्सिपल सुरेन्द्र सुवेदीले यस्ता अनुसन्धानसँग सम्बन्धित कार्याशालाले शैक्षिक क्षेत्रमा लाग्ने अध्यापकहरुको बौद्धिक क्षमता र व्यवहारिक सीप वृद्धि हुनुका साथै शिक्षा क्षेत्रमा भएका राम्रा प्रयोगहरुलाई निरन्तरता दिन र कलेज, विश्वविद्यालयहरुमा आवश्यक नीति निर्माण तर्जुमा गरी विद्यार्थीहरुको शैक्षिकस्तर उन्नतिका लागि लाभदायक हुने बताए ।

काठमाडौं मोडल कलेजका बीए दोस्रो र तेस्रो वर्षमा अध्ययनरत विद्यार्थीहरूले मानव बेचबिखनविरुद्धको कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रमको प्रमुख माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले मानव बेचविखनको अवस्थालाई मेटाउन यस्ता सचेतनामुलक कार्यक्रम अपरिहार्य रहेको बताइन् । उनले हाल राष्ट्रिय, अन्तरदेशीय तथा अन्तराष्ट्रिय रुपमा बढ्दै गरेको मानव बेचबिखन विरुद्धमा सबै मिली हातेमालो गर्नु पर्ने कुरामा जोड दिइन् । यसैगरी उक्त कार्यक्रममा विद्यार्थीहरुले कोइरालासँग अन्तरक्रिया समेत गरेका थिए ।

The Job Fair 2025 has successfully concluded at Kathmandu Model College (KMC), Bagbazar. The event saw participation from 45 companies and drew nearly 400 undergraduate and postgraduate students from various colleges.

काठमाडौँ महानगरपालिकाले सिप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ । मेला व्यवस्थापन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाको रोहबरमा, मेला सञ्चालनका लागि आर्थिक, प्राविधिक तथा मानव संशासन उपलब्ध गराएर सहकार्य गर्ने संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो ।