KMC – Kathmandu Model College

KMC हाट बजार 2082 at Kathmandu Model College – TU

केएमसी आन्ट्रप्रेनरसिप क्लबको आयोजना र केएमसी स्टुडेन्ट क्वालिटी सर्कलको संयोजनमा काठमाडौं मोडल कलेज (केएमसी) मा भएको ‘केएमसी हाटबजार २०८२’ सम्पन्न भएको छ ।

हाटबजारले विद्यार्थीको सिर्जनशीलता, व्यापार र सहकार्यलाई एउटै छानामुनि ल्याएको छ । यस कार्यक्रमले केएमसीमात्र होइन, केएमसी एजुकेसनल नेटवर्क अन्तर्गत केएमसी ललितपुर, न्यु समिट कलेज र एमआईटी कलेजका विद्यार्थीहरूलाई समेत आफ्ना उद्यमशील सोच, सिर्जना र बजार व्यवस्थापन सम्बन्धी सिप प्रदर्शन गर्ने सुनौलो अवसर प्रदान गरेको छ ।